च्यातिएको पिपिइ लगाएर उपचार गर्दै चिकित्सक

च्यातिएको पिपिइ लगाएर उपचार गर्दै चिकित्सक

विराटनगरस्थित कोशी अस्पतालभित्र सञ्चालनमा आएको कोभिड उपचार युनिटमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरूले गुणस्तरहिन पिपिइ लगाएर संक्रमितको उपचार गर्नुपरेको गुनासो गरेका छन् ।

फ्रन्टलाइनमा रहेर कोरोना संक्रमितको उपचार गर्दै आएका कोभिड अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई दिएको पिपिइ च्यातिएको पाइएको छ । बिहीबारदेखि सञ्चालनमा आएको ६२ शय्याको कोभिड अस्पतालको भेन्टिलेटर सहितको आइसियू र एचडियूको शय्या संक्रमितले भरिएका छन् । अहिले १६ जना चिकित्सक र स्वास्थ्यकर्मी सिफ्ट मिलाएर कोरोना संक्रमितको उपचारमा खटिएका छन् ।

कोशीभित्र ५ शय्याको भेन्टिलेटरसहित आइसियू, २५ वटा एचडीयू, ३२ वटा अक्सिजनसहितको जेनरल बेड रहेको कोभिड १९ युनिट सञ्चालनमा आएको छ ।

सम्बन्धित खवर