निको हुनेमा नयाँ रेकर्ड ः पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना संक्रमणमुक्त, १२९ जनाको मृत्यु

निको हुनेमा नयाँ रेकर्ड ः पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना संक्रमणमुक्त, १२९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमण मुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७ हजार ८९० जना संक्रमणमुक्त भएका थिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ३५७ पीसीआर परीक्षणमा ८ हजार ५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर