सिरहामा कटुवा पेस्तोल बरामद

सिरहामा कटुवा पेस्तोल बरामद

राजेन्द्र महतो, लहान

सिरहा नगरपालिका १७ पटेर्वाबाट सिरहा प्रहरीले कटुवा पेस्तोल बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय माडरको टोलिले बुधबार १२ः३० बजेको समयमा सिरहा नगरपालिका १७ पटेर्वाबाट कटुवा पेस्तोल बरामद गरेको हो । स्थानीय २७ वर्षीय धिरू यादवले मदिरा सेवन गरी गाँउघरमा हो–हल्ला गरेपछि प्रहरी पुग्दा कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय माडरबाट गएको प्रहरी टोलि देखेर यादव भाग्ने क्रममा उनको साथबाट कटुवा पेस्तोल खसेको प्रहरीले जनाएको छ ।
फरार यादवको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित खवर