इटहरा, कोरना भाइरसबारे सचेत गराउँदै नेकपा माओवादी केन्द्र रतुवामाईले सर्वसाधारणहरुलाई मास्क वितरण गरेको छ ।
रतुवामाईको वडा नम्बर २, ३, ४ र ६ मा मास्क वितरण गर्दै नेकपा माओवादी केन्द्र रतुवामाई नगर समितिका सचिव निलम खड्काले दोस्रो भेरियन्टको कोरोना भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान र सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो । उक्त क्षेत्रका जनतालाई नगर समितिले ३ हजार मास्क र ५ लिटर सेनिटाइजर बितरण गरेको हो ।
उक्त माक्स र सेनिटाइजर खड्काले स्थानिय प्रतिनिधि महेन्द्र सोनार, मनोज शर्मा, शुक्रराज राई लगायतलाई हस्तान्तरण गर्नुभएको थियो । खड्काले यसअघि रतुवामाइका पत्रकारहरूलाई पनि स्वास्थ सामाग्री माक्स र सेनिटाईजर वितरण गर्नुभएको थियो ।