पथरी, मोरङको पथरी शनिश्चरे नगरमा पछिल्लो पटक ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गत शुक्रवार नगर अस्पतालबाट १२ जनाको स्वाब संकलन गरी प्रदेश प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा आज आएको रिपोर्टमा ४ महिला र २ पुरुष गरी ६ जनामा कोरोना देखिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । थप भएका संक्रमितहरु वडा नम्बर १ मा १ महिला, २ मा ३ महिला २ पुरुष मा कोरोना देखिएको हो ।
नगरमा कोरोनाबाट यसअघि १९ जना संक्रमित भएका थिए भनें यो संख्या हाल २५ पुगेको छ । कोरोना संक्रमण बढेपछि वैशाख २४ गते राती १२ बजेबाट जेठ १ गते राती १२ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ ।