पर्यटन तथा नागरिक उड्डयन मन्त्री ढकाल र पत्नीलाई पनि कोरोना संक्रमण

पर्यटन तथा नागरिक उड्डयन मन्त्री ढकाल र पत्नीलाई पनि कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र पत्नी इन्दिरा फूयाँललाई कोरोना संक्रमण भएको छ ।

आइतबार गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको र उनीहरु अहिले मन्त्री निवासमै रहेको ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए । मन्त्री ढकालले सामाजिक संजालमा पनि आफु र श्रीमतीलाई कोरोना पोजेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेकाले घरमै आराम गरिरहेको जनाएका छन् । ढकालले आफुहरुसंग सम्पर्कमा आएकाहरुले पनि कोरोना परीक्षण गर्न भनेका छन् ।

यसअघि खानेपानीमन्त्री मणि थापा, उर्जामन्त्री टोपबहादुर रायमाझीलाई समेत कोरोना संक्रमण भएको थियो ।

सम्बन्धित खवर