गर्मी मौषमका लागि टिसियलले ल्यायो वाईफाईबाट चल्ने एसी

गर्मी मौषमका लागि टिसियलले ल्यायो वाईफाईबाट चल्ने एसी

ईलेक्ट्रोनिक्स तथा होम एप्लाएन्स कम्पनीले गर्मी मौषमका लागि वाईफाईबाट चल्ने एयर कन्डिशनर (एसी) बजारमा ल्याएको छ ।

आर–३२ प्रविधिका ग्याँस प्रयोग भएका इन्भर्टर टेक्नोलोजीद्वारा निर्मित टिसियलका एयर कन्डिशनरहरु अरु एयर कन्डिशनरको तुलनामा वातावरणमैत्री मानिन्छन् । टिसियल कम्पनी ईलेक्ट्रोनिक्स तथा होम एप्लाएन्सका लागि विश्वकै टप २ ब्रान्ड मानिन्छ ।

वाईफाई मार्फत चल्ने टिसियल ईन्भर्टर एयर कन्डिशनरमा २४–घण्टाको टाइमर, अटो रिस्टार्ट, ईन्डिपेन्डेन्ट डिह्युमिडिफिकेशन, अटो प्रोटेक्शन जस्ता विशेषताहरु रहेका छन् । त्यस्तै, सानो आवाजमा चल्ने यी एयर कन्डिशनरहरुमा खिया लाग्ने समस्या नरहेको पनि कम्पनीले जनाएको छ ।

कम्प्रेसरमा ५ वर्षको वारेन्टी हुने टिसियलका एयर कन्डिशनरहरुलाई बजारमा उत्कृष्ट गुणस्तरको मानिन्छ । हालको समयमा वाईफाईको प्रयोगबाटै सबै काम सहज बन्दै गएकाले टिसियलका वाईफाईबाट चल्ने एयर कन्डिशनरले ग्राहकहरुलाई नयाँ अनुभूति दिलाउने कम्पनीको दावी छ ।

यो एयर कन्डिशनरलाई स्मार्ट टिभी, मोबाईल, जुनसुकै वाईफाईबाट, जहाँसुकैबाट पनि कन्ट्रोल गर्न सकिन्छ । टिसियल ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा.लि.ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: