अक्सिजनको अभावः मुखबाट स्वास दिँदा दिदै रविले अटो रिक्सामै प्राण त्यागे

अक्सिजनको अभावः मुखबाट स्वास दिँदा दिदै रविले अटो रिक्सामै प्राण त्यागे

अक्सिजनको कमीले कसरी मानिसलाई मृत्युको ढोकासम्म पुर्‍याइरहेको छ यसको ताजा उदाहरण भारत उत्तर प्रदेशको आगरा सहरमा देखिएको छ।

महामारीको कठिन अवस्थाबाट ग्रस्त पतिले पत्नीकै काखमा अन्तिम श्वास फेरेका छन्। एक पत्नीले अटुट प्रयासका बाबजुद पतिलाई बचाउन सकिनन्। अक्सिजनको कमीले एक पत्नीलाई यहाँसम्म लाचार बनाइदियो कि मुखबाट श्वास दिँदा पनि पतिको ज्यान बचाउन सकिनन्। अटो रिक्सामा मुखबाट पतिलाई श्वास दिइरहेको तस्बिर अहिले भाइरल भएको छ।

रेणु सिंघल आगरास्थित विकास कलोनी सेक्टर–७ मा बस्छिन्। अचानक उनका पति रवि सिंघलको स्वास्थ्यमा समस्या देखियो। श्वास लिन अप्ठ्यारो भएको थियो। पतिको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि रेणु एक्लैले पतिलाई अटोमा राखेर अस्पतालसम्म पुर्‍याइन् तर, उपचारका लागि भर्ना हुनु अगावै रवि छटपटाउन थाले।

छटपटाइ रहेका पतिलाई रेणुले आफ्नै मुखबाटै श्वास दिन थालिन्। लामो समयसम्म उनले ‘माउथ टु माउथ’ अक्सिजन दिने कोसिस गरेकी थिइन् तर अन्त्यमा पत्नी रेणुकै काखमा रविले प्राण त्यागिदिए।

सम्बन्धित खवर