सिरहामा एक अपरिचित युवकको लास फेला

सिरहामा एक अपरिचित युवकको लास फेला

लहान, सिरहामा एक अपरिचित युवकको लास फेला परेको छ ।
लहान नगरपालिका- ३ बलान नदी नजिककै अन्दाजी ३५ वर्षको जस्तो देखिने अपरिचित युवकको लास फेला परेको हो ।
युवकको हत्या गरी फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले आवश्यक प्रकृया पुरा गरी युवकको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखेको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानाएको छ।

सम्बन्धित खवर