बाँकेमा आज पनि ३ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा आज पनि ३ जना कोरोना संक्रमितको मृत्यु

रूपन्देही । कोरोना संक्रमणको हट स्पट बन्दै गएको बाँकेमा आज पनि ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेमा उपचाररत एक जना जिल्ला बाहिरका र २ जना जिल्लाभित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

२ जनाको विहीबार राती र १ जनाको आज विहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज वलीले बताए ।

वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बनगाड(३ सल्ल्यानका ५६ वर्षीय वीरवहादुर नेपाली, जानकी १ की ७१ वर्षीया महिला सुमन पाठक र बैजनाथ(६ का २८ वर्षीय मानबहादुर पुनको निधन भएको हो ।

 

सम्बन्धित खवर