कोरोनाको दोस्रो लहरसंगै रंगेलीमा सर्तकता, नगर स्तरीय एल.सि.सि.एम.सी.को ५ बुदे निर्णय

कोरोनाको दोस्रो लहरसंगै रंगेलीमा सर्तकता, नगर स्तरीय एल.सि.सि.एम.सी.को ५ बुदे निर्णय

किरण न्यौपाने, रंगेली

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिन्दै गएपछी रंगेली नगरपालिकाले सर्तकता देखाएको छ ।

पछिल्लो समय प्रदेश प्रयोगशालामा परिक्षण गराएकाहरु मध्ये रंगेलीका ४ जना समेतलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । विहिबार पहिलो पटक नगरपालिका स्तरीय स्थानिय कोरोना विपद व्यवस्थापन केन्द्र (एल.सि.सि.एम.सी) को बैठक बसेको हो । रंगेली वडा नं. २, ७ र ९ गरी ४ जनामा कोरोना संक्रमण देखिएको रंगेली नगरपालिका स्वास्थ्य शाखा संयोजक ब्रजेश मेहेताले जानकारी दिएका छन् ।

आज बैठकले तिरुपति बालाजी मन्दिरमा पुनः एक सय बेडको आइशोलेशन सेन्टर तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । रंगेली नगरपालिका मेयर दिलिप वगडीयाको अध्यक्षतामा बसेको बैठकले अन्य ५ बुदे निर्णय समेत गरेको छ ।

बैठकले सिमा नाका र भिडभाड हुने गतिविधि सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड र निर्देशन अनुसार गर्ने गरी अन्य मुलुकबाट आएका व्यतिmहरु होम आइशोलेशनमा प्रत्यक्ष निगरानीमा कम्तीमा १४ दिन राख्ने, जनचेतनाका लागि प्रचारप्रसार गर्ने, कोरोना पोजेटिभ विरामीको प्रत्यक्ष सम्पर्कमा आएका व्यतिmहरुसंगै जोखिममा रहेका व्यतिmहरुको स्वास्थ्यकर्मी द्धारा मुल्याङकन गरी पिसिआर परिक्षण गर्ने र कोडिभ १९ को व्यवस्थापनमा चाहिने स्वास्थ्य सामाग्रीहरुको अवस्था अनुसार खरिद गर्ने निर्णय गरेको छ ।

साथै रंगेली नगर स्तरिय एल.सि.सि.एम.सी.को निर्णयसंगै वैशाख ११ गते सन्थाल, उराऊ, मुडीयारी र कर्मकार समुदायले जनता क्याम्पस रंगेलीको मैदानमा बृहत रुपमा आयोजना गर्ने भनिएको जातिय पोशाक तथा बाजागाजा वितरण कार्यक्रम समेत स्थगन गरिएको छ ।

सम्बन्धित खवर