अन्नपूर्ण प्रथम आरोहण गरेर रेर्कड राख्ने महिला टोलीलाई पोखरामा सम्मान

अन्नपूर्ण प्रथम आरोहण गरेर रेर्कड राख्ने महिला टोलीलाई पोखरामा सम्मान

पोखरा : अन्नपूर्ण प्रथम आरोहण गरेर रेर्कड राख्न सफल महिला टोलीलाई पोखरामा सम्मान गरेको छ । पर्यटन सगँ सम्बन्धी विभिन्न संघसंस्थाले उनीहरुलाई सम्मान गरेको हो ।

समुहमा रहेका पूर्णिमा श्रेष्ठ, माया शेर्पा, शर्मिला तामाङ, पासाङ ल्यामु शेर्पा, दावा याङजेन शेर्पा, दावा फुटि शेर्पालाई सम्मान गरेको हो । उनीहरुले गत शुक्रबार दिउँसो साढे १ बजे अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए ।

उनीहरुलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपि भट्टराई, टान पश्चिमाञ्चलका अध्यक्ष सु्शील पौडेल, पर्यटन बोर्डका पोखरा म्यानेजर विमल कँडेल लगाएले सम्मान गरेका थिए । उनले निकै नै जोखिमपूर्ण हिमाल आरोहण गरेर महिलाले नेपाली आरोहण इतिहासमा आफुलाई सक्षम दर्ज गर्न सफल भएको उनले बताए ।

आरोही पूर्णिमा श्रेष्ठ सहितको टोलीले अन्नपूर्ण प्रथम आरोहणको अनुभव सुनाइरहँदा उनीहरुले देखाएको साहसको खुलेरै प्रशंसा भईरहेको थियो । श्रेष्ठले यसअघि सगरमाथा, आमादब्लम र मनासलु हिमालको समेत आरोहण गरिसकेकी छिन् । अन्नपूर्ण प्रथममा नेपाली महिला नपुगेको थाहा पाएपछि आरोहणको रुची जागेको उनले बतान् ।

अन्नपूर्ण प्रथम (८०९१ मि) आरोहण निकै नै जोखिमपूर्ण मानिन्छ । जोखिमपूर्ण हिमालको चुचुरोमा नेपाली महिलाको पहिलो पाइला हो । अर्कि आरोही माया शेर्पाले अन्नपूर्णमा प्रथम आरोहण सफल भएको सातदशकपछि नेपाली महिलाको पाइला पुग्नु आफैमा साहसिक काम भएको बताईन ।

अन्नपूर्ण प्रथम आरोहणका लागि कठिन भएका कारण अहिले करिब २ सय ५० जना आरोहण गरी सकेका छन् । यो वर्ष मात्रै ६७ जनाले सफल आरोहण गरेका छन् । अहिले सम्म २४ महिलाले आरोहण गरेका छन् भने यो वर्ष मात्रै नेपाली ६ जना र विदेशी ६ जनाले सफल आरोहण गरेका छन् ।

सम्बन्धित खवर