लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई जसपाको साथ

लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई जसपाको साथ

काठमाडौं । लुम्विनी प्रदेशमा एमाले नेतृत्वमा रहेको सरकारलाई जनता समाजवादी पार्टी (जसपा) ले साथ दिने भएका छन् । जसपाको साथसँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास तुहिएको छ ।

जसपाले एमालेलाई सघाउने भएपछि मुख्यमन्त्री पोखरेलले आजै दिउसो ४ बजे जसपाका तीनजना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी शपथ गराउने भएका छन् ।

माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएपछि रिक्तआन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा मुख्यमन्त्री पोखरेलले नयाँ मन्त्री नियुक्ति गर्न लागेका छन् ।

लुम्विनी प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बिभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरी रहेको छ । स्रोतका अनुसार, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागेको छ ।

नियुक्त हुने मन्त्रीहरुको आज ४ बजे शपथ ग्रहण गराउने तयारी अघि बढेको मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिएका छन् ।

सम्बन्धित खवर