तिब्र गतिमा फैलदै कोरोना, एकै दिनमा १ हजार बढिमा संक्रमण पुष्टि

तिब्र गतिमा फैलदै कोरोना, एकै दिनमा १ हजार बढिमा संक्रमण पुष्टि

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २६२ जना संक्रमण मुक्त भएका छन् ।

सम्बन्धित खवर