१७ महिनादेखि अस्पताल बसेका अर्याललाई, “मेचीकाली हामी नेपाली” समुहले ५१ हजार दियो

१७ महिनादेखि अस्पताल बसेका अर्याललाई, “मेचीकाली हामी नेपाली” समुहले ५१ हजार दियो

पथरी, धादिङको थाक्रे ३ बस्ने राम अर्याल १७ महिना देखि हस्पिटलको बसाइमा छन् । दुर्घटनामा परेर घाइते भएका अर्यालको उपचारमा समस्या भएपछि “मेचीकाली हामी नेपाली” समुहले ५१ हजार सहयोग गरेको हो ।

अर्यालको अहिले अर्थो रिह्याव सेन्टर ललितपुरमा उपचार भइरहेको पिडितका बाबु खाँडेश्वर अर्यालले जानकारी दिनुभयो । अर्याललाई समुहका सल्लाहकार रचना भट्टराई, रिचा कट्टेलले नगद हस्तान्त्रण गरेका हुन् । समुहले पिडामा रहेकाहरुलाई आर्थिक तथा जिन्सि सहयोग गर्दै आएको छ । बैशाखको दोस्रो हप्तातिर काँकडभिट्टाको जागृति बाल आश्रमलाई सहयोग गर्ने समुहका सचिव लक्ष्मी प्रसाद चापागाईंले बताउनु भयो । विदेशमा रहेका नेपालीहरुको समुह “मेचीकाली हामी नेपाली” समुहले आर्थिक सहयोग जुटाएर सहयोग गर्दै आएको छ ।

सम्बन्धित खवर