पूर्वी मोरङबाट लागुऔषधसहित पाँच जना पक्राउ

पूर्वी मोरङबाट लागुऔषधसहित पाँच जना पक्राउ

विराटनगर : प्रहरीले मोरङका बेग्लाबेग्लै स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित मधुमल्ला बजारकाट सोमबार दिउँसो सोही ठाउँका लक्ष्मण भनिने वर्ष २२ को करण लिम्बूर वर्ष २७ को सन्चामान सुब्बालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले उनीहरुका साथबाट ट्रामाडोल चार सय ४४ पत्ता, स्पासपेन २४ पत्ता र नाइट्रोजन दुई पत्तासहित उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले उर्लाबारी–४ स्थित आइतबारे बजारबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार साँझ इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले २७ वर्षीय युवराज कटुवाल, २२ वर्षीय कमल दाहाल र १९ वर्षीय रञ्जित चौधरीलाई पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले प्रतिबन्धित ट्रामाडोल २० पत्ता, स्पासपेन २० पत्ता बरामद गरेको छ ।

पक्राउ परेका पाँचैज नाउपर लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर