किरण न्यौपाने, रंगेली
नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको भविष्य रक्षा गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प सबै मिलेर दिनुपर्ने बताउनु भएको छ ।
मोरंगको पुरानो सदरमुकाम रंगेलीमा अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता पौडेलले अब सबै मिलेर प्रधानमन्त्री ओलीलाई हटाएर, यो व्यवस्थालाई सुदृढ बनाउने र ओलीको सारा सेटिंगलाई मिल्काएर स्वच्छ निर्वाचन तर्फ लाग्नु पर्ने बताउनुभयो ।
नेता पौडेलले लामो संघर्षबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, सबैलाई अधिकार प्रतिनिधित्व हुने गरी बनाएको संविधान र व्यवस्थालाई प्रधानमन्त्री ओलीले अझै पनि मास्न खोजि रहेको बताए । अदालतले पुर्नस्थापना गरेको संसदलाई प्रधानमन्त्री ओलीले फेलियर बनाउने रणनीतिमा लागेका छन्, तर यो संसदलाई नेपाली काग्रेसले फेल हुन दिदैन, यो व्यवस्था मासियो भने नेपालको भविष्य र जनताको अधिकार रक्षाका लागि भए पनि नेपाली कांग्रेसले विकल्प दिनु पर्छ–पौडेलले भने प्रधानमन्त्रीका कारण देशमा अस्थिरता बढ्दै गएकाले अब देशको परिस्थीती र व्यवस्थालाई जोगाउन नेपाली कांग्रेस तयार रहनुपर्छ ।