संसद्को अर्को बैठक चैत्र १० गते दिउँसो १ बजे बस्ने

संसद्को अर्को बैठक चैत्र १० गते दिउँसो १ बजे बस्ने

काठमाडौं :  प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले जनाएअनुसार अर्को बैठक आगामी चैत्र १० गते दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा विभिन्न दलका प्रतिनिधिहरुले बोलेका थिए । सरकारको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बोलेका थिए । उनले सरकारले गरेका कामका फेहरिस्त सुनाएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रबाट सांसद पम्फा भुषाल, जसपा नेपालबाट राजकिशोर यादव, नेमकिपाबाट प्रेम सुवाल र जनमोर्चाबाट दुर्गा पौडेलले बोलेका थिए ।

सम्बन्धित खवर