सुकुना क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लाग्दा नयाँ विद्यार्थीमा त्रास

सुकुना क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लाग्दा नयाँ विद्यार्थीमा त्रास

मोरङको सुकुना बहुमुखी क्याम्पसको प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा विद्यार्थी सङ्गठनले ताला लगाए पछि विवाद सृजना भएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सुकुना बहुमुखी क्याम्पस कमिटीले आफ्नो १० वटा माग सहित विज्ञप्ति जारी गदै चैत २ गतेदेखि ताला लगाएको छ ।
स्ववियुमा छफफल नगरी सभापति सन्तोष लिम्बूले एकलौटि रूपमा ताला लगाएको, विद्यार्थीको मागहरू प्रस्तुत भएको र यसमा क्याम्पस प्रशासन वार्ता गरिरहेको अनेरास्ववियु सुकुना क्याम्पस कमिटि अध्यक्ष मनोज कार्किको हस्ताक्षरित २१ बुदे मागको विषयमा छलफल भइरहेको र कार्यान्वयन हुँदै गरेको अवस्थामा ताला लगाएकाले नयाँ विद्यार्थीहरूमा त्रास उत्पादन भएको स्ववियु सचिव चुडामणिा रिजालले बताए ।

कोरोनाले विद्यार्थीको पठनपाठनमा असर परेकाले यस्ता गतिविधिले पढाइमा थप असर पुग्ने भएकाले शान्तिपूर्ण रुपमा आफ्ना माग राख्नुपर्नेमा स्ववियु सभापतिले कुनै बैठक नराखि आफुखुसी तालाबन्दी गरेकोमा रिजाल पक्ष आक्रोसित बनेको छ । उसले तालाबन्दी लगायत कुनै पनि विरोधका कार्यक्रम आफ्नो कमिटीले नगरेको समेत जनाएको छ ।

क्याम्पस प्रसाशनले भने तालाबन्दीका कारण पठनपाठनमा असहज भएको र कर्मचारीले हाजिरी समेत गर्न नपाएको बताएको छ । यश किसिमको आन्दोलनले सार्थकता नपाउने भन्दै वार्ताका माध्यमबाट समाधान खोज्नुपर्ने बताएको छ ।

क्याम्पस बस, साईकल स्टेड सम्म जाने बाटो, इ पुस्तकालयको व्यवस्था, प्रयोगशाला व्यवस्थापन लगायत विषयमा माग राख्दै लिम्बू पक्षिय विद्यार्थीले ताला लगाएको छ । रिजाल ओलि र लिम्बू नेपाल समूहका हुन् ।

सम्बन्धित खवर