धिमाल बालबालिकालाई झोला बितरण

धिमाल बालबालिकालाई झोला बितरण

पथरी, पथरी शनिश्चरे १ नम्बर वडा समितिले आज वडाका धिमाल बालबालिकालाई पुस्तक बोक्ने झोला वितरण गरेको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा वडाध्यक्ष बाबुराम एङ्देन, सदस्य रोमान्सी धिमाल सहितले झोला वितरण गर्नुभएको हो ।

वडाको धिमाल बालबालिका कार्यक्रम अन्तर्गतको ५० हजारको बजेटमा ४२ जना विद्यार्थीलाई झोला वितरण गरिएको छ । धिमाल जाति नगरको प्रथम नागरिक रुपमा घोषणा भएको छ ।

सम्बन्धित खवर