भ्रष्ट्राचार मौलाएको भन्दै मालपोत कार्यालयमा बम विस्फोट, विश्फोटको जिम्मा गोइत समुहको तराई मुक्ति मोर्चाले लियो

भ्रष्ट्राचार मौलाएको भन्दै मालपोत कार्यालयमा बम विस्फोट, विश्फोटको जिम्मा गोइत समुहको तराई मुक्ति मोर्चाले लियो

लहान, सिरहाको लहान स्थित भूमिसुधार तथा मालपोत कार्यालयमा भएको बम विपोस्टको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ । घटनालगतै गोइतले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो ।

मधेश स्वतन्त्र देश हुनु पर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेशमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । अहिले उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुनेपनि विज्ञप्तिमा उल्लेख गरिएको छ । समूहले अवस्थामा सुधार नआए यसभन्दा पनि उच्च स्तरको कारवाही गर्ने चेतावनीसेमत दिएको छ ।

आइतवार दिउँसो करिब १२ बजेर ४० मिनेटमा मालपोत कार्यालयमा बम विस्फोट भएको थियो । हिजै बिहानै मात्र गोइत समूहका नेता रामविलाश यादवले आत्म समर्पणसमेत गरेको प्रहरीले जनाएको छ।

विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका वडा नम्बर १३ का भोला बहादुर मगर, गोलबजार नगरपालिका वडा नम्बर ६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका वडा नम्बर १६ का लाल बहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रि नारायण यादव, धनगडीमाई नगरपालिका वडा नम्बर ४ का दिनेश भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिए ।

घाइते हुनेहरुमा सेवाग्राही दिनेश कुमार भण्डारीको अवस्था चिन्ताजनक रहेको छ । दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अङ्गमा बमको छर्रा लागेको छ ।

 

सम्बन्धित खवर