विदेश पढ्न जानेका लागि पथरीमा नै खुल्याे अराेरा कन्सलटेन्सी, शुल्क भिषा झरेपछि मात्रै

विदेश पढ्न जानेका लागि पथरीमा नै खुल्याे अराेरा कन्सलटेन्सी, शुल्क भिषा झरेपछि मात्रै

पथरी, अध्ययन गर्न जापान जान चाहनेहरुका लागि जापानीज भाषा अध्यापन र जापान जानका लागि आवश्यक समन्वय गर्ने उदेश्यका साथ मोरङ्गको पथरीमा अरोरा इन्टरनेस्नल एजुकेशन कन्सल्टेन्सी प्रा. लि खुलेको छ । मोफसलबाट सर्वसुलभ मुल्यमा गुणस्तरीय भाषा कक्षा संचालन गर्ने प्रतिबद्धता सहित बिजय तामाङ्गले सो कन्सलटेन्सीको आज उद्घाटन गरेका हुन् ।

१० बर्ष जापानमा बसेर अध्ययन गरेका अनुभवी प्रशिक्षकहरुबाट जापानीज भाषा अध्यापन गराउने बताउदै कन्सल्टेन्सीका संचालक तामाङ्गले विद्यार्थीलाई जापान जान आवश्यक जेएलपिटी/नाट (एन३, एन४, एन५) को कक्षा संचालन देखि लिएर भिषा अनुमोदनको कामसम्मका लागि कन्सल्टेन्सिले समन्वय गर्ने बताए । कन्सल्टेन्सीका संचालक तामाङ्ग स्वयं १ दशक जापानमा अध्ययन गरेर फर्केका व्यवसायी हुन् ।

पथरीशनिश्चरे १ मा रहेको एनआईसी एसिया बैँक भएको भवनको तल्लो तलामा संचालनमा आएको कन्सल्टेन्सीले भाषा कक्षा पश्चात् अध्ययन वा रोजगारका लागि जापान लगायत अन्य मुलुक जान आवश्यक कागजात तयार देखि भिसा एप्रुभलसम्मको कार्य गरीदिने र सो बापतको सेवा शुल्क भने भिसा आएपछी मात्र बुझाउनु पर्ने बताए । गुणस्तरीयतामा विशेष जाेड दिएकाे बताउदै तामाङले  कन्सल्टेन्सीको विश्वसनीयतामा कुनै आशंका गर्न नपर्ने बताए। कन्सल्टेन्सीले फागुन ६ गतेबाट नै जापानीज भाषा कक्षा शुरु गर्ने तामाङ्गले बताए ।

कन्सल्टेन्सीको उद्घाटन पथरीशनिश्चरेका नगर प्रमुख दिलिप कुमार राईको बाहुलीबाट सम्पन्न भएको थियो । नगर प्रमुख राईले कन्सलटेन्सीलाई सफलताको शुभकामना दिए। उद्घाटन कार्यक्रममा राई सहित वडाध्यक्षहरु, शिक्षा शाखा प्रमुख शालिकराम काफ्ले, सविधानसभा सदस्य चण्डी प्रसाद राई लगायतकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित खवर