मेची सहकारीको ५ औँ सेवाकेन्द्र पथरीमा उद्घाटन

मेची सहकारीको ५ औँ सेवाकेन्द्र पथरीमा उद्घाटन

पथरी, मेची सहकारी संस्था लिमिटेडको ५ औँ सेवाकेन्द्र उद्घाटन भएको छ ।

मोरङको पथरी शनिश्चरे १ पथरी बजारमा मंगलबार सेवाकेन्द्रको उद्घाटन गरिएको हो । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोख्रेलले सेवाकेन्द्रको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । १ महिना अगाडी देखि कारोबार सुरु गरेको सेवाकेन्द्रको औपचारिक उद्घाटन गर्न भने बाँकी रहेको थियो ।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पोख्रेलले सहकारीले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । सहकारीका माध्यमबाट थोरै थोरै बचत गरेर ठुलो समस्या टार्न सकिने भन्दै पोख्रेलले राज्यको तीन खम्बे अर्थ नीति भित्र समेत सहकारी क्षेत्र रहेको बताउनुभयो । सहकारीले पैसाको कारोबार मात्रै नभएर हरेक शेयर सदस्यको आर्थिक स्तर उकास्न सक्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पथरी शनिश्चरे नगरप्रमुख दिलिप कुमार राईले सहकारी पथरीमा सेवाकेन्द्र उद्घाटन गरेकोमा स्वागत गर्नुभयो । सहकारीको नीति भित्र रहेर यहाँका जनताको आर्थिक स्तर उकास्नका लागि के गर्न सकिन्छ ? सो कुरामा समेत मेचीले भूमिका खेल्न सुझाव दिनुभयो ।

कार्यक्रम समापन गर्दै संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले मेचीले पैसा भेला पार्ने मात्रै नभएर यहाँ उत्पादन भएका सागसब्जी लगायतका हरेक विषयलाई बजारी करण गर्न सघाउने बताउनुभयो । मेची, बहुउद्देशीय प्रकृतिको सहकारी भएकाले पैसाको कारोबार मात्रै नभएर यहाँका शेयर सदस्यको आवश्यकता अनुसारका कार्यक्रमहरु गर्न सकिने भट्टराईले स्पष्ट पार्नुभयो ।

सम्बन्धित खवर