सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते

सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते

बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित आज नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् ।

सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवारमध्ये १० जना घाइते भएका हुन् । उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपिएफ टोली उद्धार कार्यको लागि खटिएको हो ।

गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगञ्ज राँझातर्फ पठाइएको छ ।

सम्बन्धित खवर