प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन : प्रचण्ड

प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन : प्रचण्ड

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको चुनाव हुन नसक्ने बताउनुभएको छ ।

सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनाव हुँदैन, प्रष्ट भए हुन्छ । संसद्‍ विघटनको कदम चुनाव गराउनका लागि चालिएको होइन ।’

उहाँले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताउनुभयो । लामो बलिदान र संघर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा परेको बताउँदै प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरू आन्दोलित बनेको बताउनुभयो ।

सम्बन्धित खवर