होटलमा वेश्यावृति गराएको आरोपमा देउराली हाेटलका संचालक पक्राउ

होटलमा वेश्यावृति गराएको आरोपमा देउराली हाेटलका संचालक पक्राउ

बर्दिवास, महोत्तरीको बर्दिवासबाट प्रहरीले होटलमा वेश्यावृति गराएको आरोपमा एक होटलका संचालकलाई नियन्त्रणमा लिएको छ ।
बर्दिबास नगरपालिका–१ स्थित देउराली होटल एण्ड लजमा वेश्यावृति भइरहेको सूचना गोप्य रुपमा दुई जनाले उजुरी गरेपछि होटलका संचालक तिल बहादुर थापालाई नियन्त्रणमा लिई उनी विरुद्ध मुद्दा दर्ता गराईएको छ ।
बिहीवार परेको जाहेरीको आधारमा होटल संचालक थापालाई पक्राउ गरि मानव बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए ।
प्रहरी नायव उपरीक्षक थापाले दिएको जानकारी अनुसार महोत्तरी जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

सम्बन्धित खवर