राजेन्द्र महतो, सिरहामा मुख्यमन्त्री स्वक्षता अभियानको स्कारपियोकोले टेम्पोलाई ठक्कर दिदा टेम्पो चालकको मृत्यु भएको छ ।
स्कारपियोको ठक्करबाट सिरहा कल्याणपुर नगरपालिका-१२ का टेम्पो चालक जय प्रकाश साहको मृत्यु भएको हो।
शुक्रबार सिरहा चौहर्वा सडक खण्ड अन्तर्गत सिरहाको बिष्णुपुर गाउँपालिका – ५ लक्ष्मीपुर चौकमा सिरहाबाट चोहर्वा तर्फ जादै गरेको स. १ ह .-३०४३ न .को टेम्पो र विपरीत दिशाबाट सिरहा तर्फ आउदै गरेको प्रदेश २–०२००१ झ ००५७ नम्बरको मुख्यमन्त्री स्वक्षता अभियानको स्कारपियोकोले ठक्कर दिदा टेम्पो चालकको मृत्यु भएको स्थानीयले बताएका छन् ।
मृतक साहको लास पोस्टमार्टमको लागि लहान स्थित रा. उ. अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले
जनाएको छ।
ठक्कर दिएको स्कार्पियो र स्कार्पियो चालक धनुषा जनकपुर उपमहानगरपालिका -७ का ३५ बर्षीय रबिन्द्र झा इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा रहेका छन् ।
सार्वजनिक विद्याको दिन मुख्यमन्त्री स्वक्षता अभियानको स्कारपियो के कामको लागि सिरहा आउदै गरेको भन्ने कुरा खुल्न सकेको छैन् ।
