विराटनगरबाट जाँगा सहित दुई जना पक्राउ

विराटनगरबाट जाँगा सहित दुई जना पक्राउ

विराटनगर : विराटनगर–१५ स्थित हुलास मेटल छेउबाट प्रहरीले जाँगा सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रबार विहान नेपालबाट भारत तर्फ जाँदै गरेको अवस्थामा चार केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

को २ ह ७२४१ नं. को अटोलाई शंका लागि चेकजाँच गर्दा वियरको काटुनमा लुकाई छिपाई लाँदै गरेको ४ केजी गाँजा सहित सुनसरीको इटहरी–५ का ५२ वर्षीयउ तेज बहादुर राई र सोही स्थानका अटो चालक ४१ वर्षीय पदम बहादुर राई पक्राउ परेका हुन् । अटो सहित नियन्त्रणमा लिइएका उनीहरुविरुद्ध लागुऔषध कसूरमा थप अनुसन्धान कार्य भई जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित खवर