उर्लावारी २ को वडा कार्यालय शिलान्यास

उर्लावारी २ को वडा कार्यालय शिलान्यास

उर्लावारी, मोरङको उर्लावारी नगरपालिका वडा नम्वर २ को वडा कार्यालय बन्ने भएको छ ।

स्थानीय सरकार आएको ३ वर्ष सम्म पनि भाडाकै घरमा रहेर कार्यसम्पादन गर्दै आएको वडा कार्यसमितिले आगामी आर्थिक वर्ष देखि आफ्नै स्वामित्वमा रहेको कार्यालय भवनबाट सेवा प्रदान गर्ने भएको छ । स्थानीय सरकारले विनियोजन गरेको १ करोड ५० लाख रुपैयाको लागतमा डेन्डर प्रक्रियाबाट ९६ लाख रुपैयामा निर्माण सम्पन्न गर्ने गरि इटहरीको पाथीभरा निर्माण सेवाले ठेक्का हात पारेको हो । निर्माण कम्पनीले आउदो मंसिर सम्ममा निर्माण सम्पन्न गरी जिम्मा लगाउने तयारी गरेको छ ।

भवन निर्माणका लागि उर्लावारी २ मा बसोवास गर्ने उदय बहादुर कार्कीले हालको चलनचल्तीको मुल्यअनुसार ३० लाख रुपैया पर्ने २ कठा ५ धुर जग्गा प्रदान गरेका हुन् । तीन वर्ष सम्म वडा कार्यालय भवन विहिन अवस्थामा रहनु पर्दा वार्षिक रुपमा १ लाख ५० हजार भन्दा वढि रकम बहाल तिर्दै सकिने गरेको थियो आगामी आर्थिक वर्ष देखि सो रकम कटौती भई विकाश निर्माणमा खर्च गरिने वडाध्यक्ष राजन कुमार कडेलले बताए ।

निर्वाचन पछि नयाँ भवन बन्ने पहिलो वडाका रुपमा स्थापना हुन लागेको वडा कार्यालय भवनको उद्घाटन नरपालिकाका मेयर खड्ग बहादुर फागोले गरेका हुन् । भवनको शिलान्यास गर्दै फागोले जग्गादाता कार्कीको मुक्तकण्ठले प्रशंसा गर्दै यहि आर्थिक वर्षमा वडा नम्वर १ र ३ को भवन पनि शिलान्यास गरि निर्माण कार्य थालनी गरिने बताए ।

सम्बन्धित खवर