९२ वर्षको उमेरमा दूग्ध सहकारीको अध्यक्ष बने नन्दु साह

९२ वर्षको उमेरमा दूग्ध सहकारीको अध्यक्ष बने नन्दु साह

पथरी, मोरङको कानेपाखरी–३ स्थित सिंहदेबी दूग्ध उत्पादक सहकारी संस्था लि.को अध्यक्षमा ९२ वर्षीय नन्दु साह तेली निर्वाचित हुनु भएको छ । उहाँले ५० वर्ष नकट्नु भएका सोमबहादुर पौडेललाई २ मतले पराजित गर्नु भएको हो ।

९२ वर्षको उमेरमा सहकारीको अध्यक्षमा निर्वाचित साहले काम गर्न उमेरले नछेक्ने बताउनु भयो । उहाँले भन्नुभयो –९२ वर्षको त भएँ नि तर,अझै साइकल चढेर हिडिरहेको छु । दूग्ध उत्पादनका लागि पशुपालक किसानहरूलाई सहुलियत कर्जा, दूध ढुवानीका लागि सवारी साधन खरिद र संस्था सञ्चालन खर्च कटौति गरी सदस्यलाई समृद्ध बनाउने आफ्नो योजना रहेको उहाँको भनाई छ ।

वार्षिक १ हजार ५ सय लिटर भन्दा कम दूध बिक्री गर्ने सदस्यले पदाधिकारीमा उठ्न नपाउने नीतिगत ब्यवस्था रहेको निर्वाचन समिति सदस्य हेमचन्द्र भण्डारीले बताउनु भयो । इनेपालपत्रबाट

सम्बन्धित खवर