मेची सहकारीले दियो मिश्र परिवारलाई २६ हजार

मेची सहकारीले दियो मिश्र परिवारलाई २६ हजार

पथरी, मेची सहकारी संस्था लि.ले सेवाकेन्द्र विस्तार गर्नासाथ मिश्र परिवारलाई २६ हजार प्रदान गरेको छ ।

मोरङ पथरी शनिश्चरे १ का सदस्यता नं. १००३४ का योगेन्द्र मिश्रलाई सो रकम उपलब्ध गराएको हो । मिश्रकी श्रीमती सरिता मिश्रको ३९ वर्षको उमेरमा माघ १४ गते निधन भएको थियो । सहकारीले “काजकिरीया खर्च” शीर्षक अन्तर्गतको रकम आज मिश्र परिवारको घरमा पुगेर प्रदान गरिएको पथरी सेवाकेन्द्र वरिष्ठ सहायक माधव जातपुरियाले जानकारी दिनुभयो ।

संस्थामा माघ ९ गते मात्रै योगेन्द्रले सदस्यता लिनुभएको थियो । सदस्यता लिएको ५ दिनमा नै मिश्रकी श्रीमतीको मृत्यु भएको हो । मेची सहकारीको नियमानुसार एकसय कित्ता सेयर (दश हजार रुपैँया बराबरको) हुने सेयरधनीको श्रीमान श्रीमती कसैको पनि मृत्यु भएमा २६ हजार र सेयर सदस्यको नै मृत्यु भएमा २५ हजार काजकिरिया खर्च दिने नियम रहेको छ ।

समवेदनाका लागि पथरी सेवाकेन्द्र व्यवस्थापन समिति संयोजक रुद्र बहादुर तामाङ, सहकारीका व्यवस्थापक खोम प्रसाद वगाले, सेवाकेन्द्र कर्मचारीहरु माधव ताजपुरिया, शिव प्रसाद निरौला लगायतको उपस्थिती रहेको थियो ।


 

सम्बन्धित खवर