दाहाल नेपाल समुहको आमहड्तालले सिरहाको जनजीवन प्रभावित

दाहाल नेपाल समुहको आमहड्तालले सिरहाको जनजीवन प्रभावित

राजेन्द्र महतो, लहान

नेकपाको असन्तुष्ट समूह (प्रचण्ड–माधव) नेतृत्वको नेकपाले गरेको आमहड्तालले सिरहाको जनजीवन प्रभावित भएको छ ।
प्रचण्ड–नेपाल समूहले संवैधानिक परिषदमा नियुक्ति गरेको विरोधमा बिहीबार गरेको आमहड्तालले पुर्व पश्चिम राजमार्ग अन्तरगत सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिका शैक्षिक संस्था, उद्योगधन्दा, यातायात, पसल, कलकारखाना ठप्प बनेका हुन् । अत्यावश्यक सेवाहरु एम्बुलेन्स, दूध बोक्ने गाडी, प्रेस, शव बहान लगायत विधालयको परीक्षा भने पुर्ण रुपमा सञ्चालन भएका छन् ।

सिरहाको लहान स्थित शहिद चौकमा सो समूहले बिहानै देखि शान्तिपुर्ण धर्नामा बसेका छन् । धर्ना कार्यक्रममा नेता बिजय गुप्ता, कमल देव यादव, कमलदेव चौधरी, उमेश साह, गणेश चौधरी, सुरेन्द्र साह, हेमन्त यादव, आशानन्द यादव लगायत दर्जनौं युवा नेताकार्यकर्ताहरु सहभागी भएका थिए ।

युवाहरूको विभिन्न समुहले बजार बन्द गराउन नगरको परिक्रमा गरेका थिए । नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले घटना हुन नदिन सुरक्षा ब्यवस्था कडा पारेको थियो ।

सम्बन्धित खवर