कुष्ठरोग दिवशमा अन्तरक्रिया

कुष्ठरोग दिवशमा अन्तरक्रिया

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आज ६८ औं विश्व कुष्ठरोग निवारण दिवशका अवसरमा कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरको स्वास्थ्य शाखाका जगत मगर र एकराज खत्रीले कुष्ठरोगको विश्वको, नेपालको र नगको अवस्थाका बारेमा जानकारी गराउँदै कुष्ठरोग निवारणका उपायका बारेमा सहजिकरण गर्नुभयो । उहाँहरुले केही दिनभित्र वडा वडामा कुष्ठरोग खोजपड्ताल कार्यक्रम अघि बढाइने योजना समेत बताउनु भयो ।
कुष्ठरोग रोगीको स्वासबाट अर्काेमा सर्ने र बेलैमा नियमित औषधि सेवन गर्दा निको हुने रोग भएकाले छोएको थाहा नपाउने खाले शरीरमा खटिरा देखा परेमा तत्काल जाँच गरी औषधि सेवन गर्नु पर्ने जानकारी गराएको छ । सन् २०२० सम्ममा प्रति १० हजारमा १ जना भन्दा कम कुष्ठरोगी बनाउने नेपाल सरकारको लक्ष्य रहेकोमा हाल ० दशमलव ६९ प्रतिशत कुष्ठरोगी रहेका छन् । पथरी शनिश्चरेमा आर्थिक वर्ष ०७६/७७ को अन्त्यमा प्रति १० हजारमा ० दशमलव ५८ प्रतिशत कुष्ठरोगी रहेको तथ्यांक उल्लेख भएको छ । नगरमा ४ जना नयाँ कुष्ठरोगी फेला परेको र उनीहरुले औषधि सेवन गरिरहेको अवस्था जनाइएको छ ।
‘कोरोना महामारीमा हाम्रो संयमता ः समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता’ नारा रहेको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुको सहभागिताको रहेको थियो । अन्तरक्रियामा बोल्दै सञ्चारकर्मी मोहन भट्टराई, कुष्ठरोगको औषधि सेवन गर्नुभएका इसराई मोहमद सहितले सवैको सहकार्यमा कुष्ठरोग निवारण गर्न सकिने धारणा राख्नुभयो ।

सम्बन्धित खवर