प्रचण्ड-नेपाललाई ओलीको आग्रह : ‘सूर्य’ चाहिएको भए पार्टीको बैठकमा आउनुहोस्

प्रचण्ड-नेपाललाई ओलीको आग्रह : ‘सूर्य’ चाहिएको भए पार्टीको बैठकमा आउनुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिकता र चुनाव चिन्ह ‘सूर्य’ चाहिएको भए पार्टीको बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको छ । नेकपा ओली समूहको प्रदेश १ भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा नआएर निर्वाचन आयोगमा गएर हामी यहाँ छौँ भन्दैमा आधिकारिकता नपाइने बताउनुभयो । जीवनमा कहिल्यै सूर्यमा चुनाव नलडेको व्यक्तिले समेत दावी गरेको भन्दे ओलीले चिन्ह चाहिए पार्टीमा आउन आह्वान गर्नुभयो ।

सम्बन्धित खवर