सिराहामा हात्ती आतंक, गाउँलेहरु त्रासमा

सिराहामा हात्ती आतंक, गाउँलेहरु त्रासमा

राजेन्द्र महतो, सिराहा

सिराहाको गोलबजार नगरपालिकामा २ दिन देखि जंगली हात्तीले आतंक मचाएको छ ।

गोलबजार नगरपालिका १ मुक्सारमा जंगली हात्तीले स्थानीय ७ वटा घरहरू भत्काएपछि त्यहाका बासिन्दा आतंकित भएका छन् । जंगली हात्तीले मंगबार राति स्थानीय समसती आले, आन्तलाल आले, शाङ्ले विश्वकर्मा, लालबहादुर साह, महेन्द्र ठाकुर, भुवन मगर सहित ७ जनाको घर भत्काएको वडा अध्यक्ष देववहादुर मगरले बताए ।

स्थानीय पीडित परिवारहरुको घरमा रहेको खाद्यान्नय नष्ट गरेको स्थानीयले बताए । पछिल्लो दुई दिनदेखि हात्ति गाउँ पसेपछि स्थानीय जागराम नै वस्न थालेका छन्। हात्ती दिनभरी नजिकैको जंगलमा वस्ने र राति गाउँ पस्ने गरेको स्थानीयले बताए ।

सिराहाको गोलबजार नगरपालिका र नजिकको गाउँहरुमा जंगली हात्तीको आक्रमण बढेको छ। गोलबजार नगरपालिकाका बासिन्दा जंगली हात्तीको आक्रमणबाट पीडित छन् । कसैको बालीनाली नै नस्ट गरेको छ त कसैको घर भत्काएको छ।

सम्बन्धित खवर