‘सलाहाको भविष्य क्लबको हातमा’

‘सलाहाको भविष्य क्लबको हातमा’

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले फरवार्ड मोहमद सलाहाले क्लब छाड्ने दाबीलाई अस्विकार गरेका छन् ।

लिभरपुलका स्टार सलाहाले एनफिल्ड क्लब छाडेर स्पेनिस महारथी क्लब बार्सिलोना वा रियल मड्रिड जाने चर्चा छ ।

सलाहा लिभरपुलमा खुसी नभएको समाचार समेत बाहिर आएको छ ।

तर लिभरपुल प्रशिक्षकले सम्पूर्ण दाबीलाई अस्विकार गर्दै ईजिप्टका फरवार्ड क्लबमा खुसी रहेको बताएका छन् ।

एक अन्तरवार्तामा प्रशिक्षक क्लोपले सलाहाको भविष्य क्लबको हातमा रहेको प्रतिक्रिया दिएका छन् । उनले ईजिप्टका अन्तराष्ट्रिय फरवार्ड एनफिल्डमा राम्रो लयमा रहेको बताए ।

‘हामीले कहिल्यै सम्झौताको विषयमा छलफल गरेका छैनौं ।’ क्लोपले आईतबार हुने वेस्ट ब्रोमविरुद्धको खेल अघि भने ।

‘मोहमद राम्रो सोचिरहेका छन् । उनी निकै छरितो छन् । त्योनै महत्वपूर्ण हो । तपाईले उनी हाँसिरहेको समेत देख्नु भएको छ ।’ कलोपले भने ।

‘बाँकी कुरा तपाईले राम्रो लेख्नुपर्छ । वास्तवमा केहीपनि भएको छैन ।’ उनले थपे ।

सलाहा बेन्चबाट मैदान छिर्दै दुई गोल गर्नुका साथै गोलको अवसर सिर्जना गरेपछि लिभरपुलले गत शनिबार क्रिस्टल प्यालेसलाई ७–० ले हराएको थियो ।

क्लोप नेतृत्वको लिभरपुलले सिजनको सुरुवातमै एस्टन भिल्लासंग ब्यहोरेको ७–२ को हारको बदला समेत लिएको छ ।

सम्बन्धित खवर