प्रधानमन्त्रीको कदमपछि प्रचण्डको दौडधुप

प्रधानमन्त्रीको कदमपछि प्रचण्डको दौडधुप

 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले छलफल सुरू गरेका छन्।

प्रचण्डलाई भेट्न वरिष्ठ नेता झलनाथ खनाल खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन्।

प्रचण्ड र खनालबिच अहिले छलफल भइहरेको छ। अन्य नेतासँग पनि प्रचण्डले छलफल गर्ने उनी निकट स्रोतले बतायो।

नेकपा स्थायी कमिटी बैठक आजै अपरान्ह १ बजेका लागि तय भएको थियो। स्थायी कमिटी बैठकबारे के गर्ने भनेर समेत प्रचण्डले छलफल गर्दैछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान अकस्मात मन्त्रिपरिषद बैठक राखेर संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका थिए।

सम्बन्धित खवर