वित्तीय साक्षरता कक्षाको उद्घाटन

वित्तीय साक्षरता कक्षाको उद्घाटन

तिलक नेपाली, उर्लाबारी

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले बैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरेर आर्थिक रुपमा सबल बन्नुपर्नेमा जोड दिएका छन् । उर्लाबारी वडा नं. २ मा बुधबार वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको उद्घाटन गर्दे सो कुरा बताएका हुन् ।

सो वडाको नवप्रतिभा साकोसको सभाहलमा भएको औपचारिक कार्यक्रमको सम्बोधन गर्दे नगरप्रमुख फागोले सहभागीलाई शुभकामना दिंदै सो कक्षाको उद्घाटन गरेका हुन् । उनले उर्लाबारी नगरपालिका भित्र बैदेशिक रोजगार गएका व्यक्तिलाई बिदेश जानू अघि र बिदेशमा समस्या परेमा निशुल्क परामर्श सेवा साथै उद्दार गर्ने समेत बताएका छन् ।

सुरक्षित आप्रबासन परियोजना (सामी) कार्यक्रम अन्तरगत उर्लाबारी नगरपालिकाले बैदेशिक रोजगारमा बढी गएका वडाहरु मध्ये १, २, ८ र ९ मा पहिलोमा वडा नं. २ बाट सो कक्षाको शुरु गरिएको वडा अध्यक्ष राजनकुमार कडेलले बताएका छन् । सो वडाको सिरुझार टोलबाट बैदेशिक रोजगारका लागि खाडी मुलुक गएका व्यक्तिको परिवारको सदस्यहरुको २५÷३० जनाको समूह बनाई गठन गरिएको समूहलाई पहिलो कक्षा बुधबारबाट शुरु गरिएको हो । सो कक्षा हप्ताको २ घन्टाको दरले २४ हप्तासम्म सञ्चालन हुनेछ ।

कक्षामा विशेष गरेर बिदेशबाट आएको रेमिट्यान्सलाई कसरी सदुपयोग गर्ने र कसरी बचत गर्ने, ऋण कसरी लिने, बीमा किन गर्ने, कस्तो क्षेत्रमा लगानी गर्ने, आम्दानी कसरी बढाउने, खर्च कसरी गर्ने ? भन्ने लगायतको बिषयमा छलफल हुने मनोसामाजिक परामर्शकर्ता कल्पना बरालले बताईकी छन् । वित्तिय साक्षरता कक्षा लिने २५ जना सहभागी रहेको उक्त कार्यक्रमको वडाअध्यक्ष राजनकुमार कडेलको अध्यक्षतामा समपन्न भएको थियो भने वडा सदस्यहरु बानु सुब्बा, गोबिन्द चौलागाई, पूर्व शिक्षिका सुमित्रा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखे ।

के हो सुरक्षित आप्रवासन परियोजना (सामी) ?

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्वीस सरकारबीच भएको दुईपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा स्थानीय सरकारद्वारा सञ्चालित छ । परियोजनाका लागि प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराइरहेको छ । नेपाल सरकार र स्वीस सरकारवीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) मोरङ जिल्लाको बिराटनगर महानगरपालिका, रंगेली नगरपालिका, उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाको नेतृत्वमा स्थानीय सेवाप्रदायक सामाजिक संस्था, सगरमाथा सामुदायिक विकास केन्द्र (कअमअ) को सहजिकरणमा सञ्चालित छ ।

१. परियोजनाको लक्षित देशहरुः युएई, साउदी अरव, कतार, बहराइन, ओमन, कुवेत र मलेशिया साथै अन्य देशलाई पनि यो परियोजनाले सेवा दिने छ ।
२. परियोजनामा सञ्चालित जिल्लाहरुः हाल काठमाडौं सहित ३९ वटा जिल्लामा सञ्चालित छ ।
३. प्रदेश नं. १ अन्तर्गतका जिल्लाहरुः सुनसरी, मोरङ, उदयपुर, झापा, इलाम, पाँचथर, भोजपुर, खोटाङ्ग ।
परियोजनाकामुख्य उद्देश्यः
वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित, मर्यादित, उपलब्धी मुलक र व्यवस्थित बनाउने ।
परियोजनाका मुख्य कार्यक्रमहरुः
१. सूचनामा पहुँचः स्थानीयतहमा वैदेशिक रोजगारको विषयमा सम्पूर्ण सूचना पुर्याउने, जानकारी लिने र दिने कार्य गरिन्छ । (हाल इलाका प्रशासन कार्यालय, उर्लाबारीमा आप्रवासी स्रोतकेन्द्रबाट सूचना प्रदान गरिरहेको छ ।)
२. न्यायमा पहुँचः वैदेशिक रोजगार सम्बन्धि समस्या तथा मुद्दाहरुको पहिचान, कारवाही प्रकृया र न्याय सम्पादन गर्ने कार्यमा सहजिकरण गर्दछ । (इलाका प्रशासन कार्यालय, उर्लाबारीमा आप्रवासी स्रोतकेन्द्रबाट सूचना प्रदान गरिने छ ।)
३. वित्तीय साक्षरताः वैदेशिक रोजगारमा गएका परिवारको सदस्यलाई पारिवारिक बजेट निर्माण, आम्दानी–खर्चको विवरण तयार गरी विश्लेषण गर्ने, वचतगर्ने, ऋण लिने प्रकृया, विमाको बारे जानकारी र आफूसँग भएको स्रोतलाई कस्तो क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने विषयमा ज्ञान प्रदान गर्ने ।
४. मनोसामाजिक परामर्शः वैदेशिक रोजगारीमा गएका परिवारहरु मध्ये कतिपय वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु समस्यामा परेको, भने अनुसारको काम नपाएको, तलब सुविधा नपाएको, पैसा पठाउन नसकेको, परिवारसँग सम्पर्क विहीन भएको अवस्थामा परिवारमा आईपर्ने पिर, चिन्ता, तानव आदिले डिप्रेशन हुनसक्छ । त्यस्ता व्यक्तिलाई निःशुल्क मनोसामाजिक परामर्श दिने कार्य गर्दछ ।
५. सीपयुक्त जनशक्तिको विकासः वैदेशिक रोजगारीमा जान लागेका र गएर आएको व्यक्तिलाई समेत सीपप्रदान गरेर दक्ष बनाउन निःशुल्क सीप तथा तालिम प्रदान गर्न सहजिकरण गर्दछ । (इलाका प्रशासन कार्यालय, उर्लाबारीमा आप्रवासी स्रोत केन्द्रबाट सूचना प्रदानगरिने छ ।)

परियोजनामा साझेदार संस्थाहरुको भूमिकाः
१. मनोसामाजिक परामर्श सेवाः सिएमसी नेपाल
२. वित्तीय साक्षरता तालिमः डिप्रोक्स नेपाल
३. निःशुल्क कानुनी सहायताःपिपुल्स फोरम
४. गन्तव्य मुलुकमा बेपत्ताखोजी उद्धारः प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि)
५. सीप, तालिम प्रदा नगर्नेः झापा टेक्निलक ईन्ष्टिच्युट प्रा.लि. देशभर अरु ६ वटा रहेका छन् ।

सम्बन्धित खवर