सांसद राईलाई कोरोना संक्रमण

सांसद राईलाई कोरोना संक्रमण

पथरी, कांग्रेस संसदीय दलका सचेतक तथा प्रदेश १ का सांसद सुयर्माराज राई कोरोना संक्रमित हुनुभएको छ । मोरङ क्षेत्र नं. ३ क का प्रदेश सभा सदस्य राईलाई हिजो आएको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको राईले जानकारी दिनुभयो ।

अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफु होम आइसोलेसनमा रहेको राईले जानकारी दिनुभयो ।

यस्तै कांग्रेस मोरङका पूर्व जिल्ला सचिव यदु विष्टलाई पनि कोरोना पोजेटिभ देखिएको छ । विष्टको हिजो नै आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । होम आइसोलेसनमा रहनुभएका विष्टको पनि अवस्था सामान्य रहेको छ ।

सम्बन्धित खवर