कांग्रेस नेता पौडेलको गिरफ्तारी विरुद्ध पथरीमा जुलुस

कांग्रेस नेता पौडेलको गिरफ्तारी विरुद्ध पथरीमा जुलुस
पथरी, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गरेको गिरफ्तारीका बिरुद्ध तरुण दल र नेविसंघले मोरङको पथरीमा जुलुस निकालेका छन् । पौडेललाई सरकारले नै सड्यन्त्र पूर्वक गिरफ्तारी गरेको भन्दै अहिले साँझ जुलुस निकालेका हुन् ।
नेता पौडेललाई गिरफ्तारी गरेको भन्दै जुलुसमा सहभागीहरुले गृहमन्त्रीको राजिनामा माग गरेका छन् । ओली सरकार मुर्दावाद, गृहमन्त्री राजिनामा दे, भ्रष्ट र माफिया सरकार चाहिदैन, नेता गिरफ्तार गर्न पाइदैन जस्ता नारा लगाएर केही समय सडक जाम समेत गरेका कार्यकर्ताहरुले कोण सभा गरेर जुलुसको समापन गरे । जुलुसमा स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
सरकारले नेता पौडेललाई गिरफ्तारी गरेर पतनको बाटो रोजेको भन्दै सरकारले यस्तै व्यवहार गर्दैगए पथरीमा मात्रै नभएर देश व्यापी आन्दोलन चर्काउने विद्यार्थी नेता सुविन पराजुलीले बताए । पराजुलीले जुलुसको औचित्य प्रष्ट पार्दै सहभागी सबैलाई धन्यवाद सहित कार्यक्रमको समापन गरे ।

सम्बन्धित खवर