राजेन्द्र महतो, लहान
सवारी दुर्घटनामा परी घाइते भएका जनमत पार्टीका नेता विष्णुदेव चौधरीको सोमबार निधन भएको छ। जनमत पार्टी प्रति सक्रिय भूमिका खेलेका चौधरीको उपचारको क्रममा सोमबार निधन भएको हो ।
नेता चौधरी केही दिनअघि सडक दुर्घटनामा घाइते भएका थिए । चौधरी जनमत पार्टीको वरिष्ठ नेतृत्व मण्डलका सदस्य तथा जनमत पार्टी लहान नगरपालिकाका प्रमुख थिए । जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले चौधरीको असामहिक निधन प्रति गहिरो दुःख प्रकट गरेका छ्न्। डा.राउतले चौधरीको अचानक भएको निधनले पार्टीलाई अपुर्णिय क्षति भएको बताएका छ्न् ।