माथी पक्की पुल तल सोही पुलमा बाँसको पुल, बेकामे बन्यो रतुवा खोलाको पुल

माथी पक्की पुल तल सोही पुलमा बाँसको पुल, बेकामे बन्यो रतुवा खोलाको पुल

रबिन्द्र बराल, रंगेली

मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा अहिले पक्की पुल मुनि बाँसको पुल देख्न सकिन्छ । झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकाको बिचमा रहेको रतुवाखोलामामा अहिले पुल मुनिबाट रतुवामाईका स्थानीयले बाँसको पुल बनाएका छन् । सोही अनुसार गौरीगञ्जबासीले पनि सोहि खोलामा बाँसको पुल बनाएका हुन् । हुलाकी राजमार्गको लागि आवतजावतमा सहज होस भनेर निर्माण भएको यो पुल अहिलेसम्म बेकामे बनेको छ ।

२०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास गरी निर्माण शुरु गरिएको पुल निर्धारित समयभन्दा झण्डै ५ वर्षपछि २०७२ साल जेठमा सम्पन्न भएको थियो । उक्त पुल १० करोड ४१ लाख ९४ हजार ९ सय २८ रुपैयाँ लागतमा निर्माण गरिएको हो । सो पुलमा ९ वटा पिल्लर रहेको पुल २ सय ५ मिटर लम्बाइ समेत रहेको छ । दुई तर्फी यातायात सञ्चालन गर्न सकिने साढे सात मिटर चौडाइ रहेको यो पुल अहिले प्रयोगविहीन हुदा स्थानीय बाँसको पुलबाट लडदै हिडन बाध्य रहेका छन् ।

करोडौ रुपैँया लगानी गरेर निर्माण गरिएको पुल सम्पन्न भएको पनि बर्षैँ बितिसक्दा समेत सो पुल राम्रोसँग सञ्चालनमा आउन सकेको छैन् । उक्त पक्कि पुल प्रयोगमा आउन नसकेपछि यहाँका स्थानीय आफैले अर्को पुल बनाएर त्यसको प्रयोग गर्न थालेका छन् ।

उनीहरूले पक्की पुलको मुनिबाट बाँसको भाटा प्रयोग गरेर अस्थाई कच्ची पुल बनाएका छन् । उनिहरु ले सो पुलबाट आवतजावत गर्ने सर्वसाधारणहरुबाट मोटरसाईकल को ३० रुपैयाँ, साईकलको २० रुपैयाँ र पैदल यात्रीको १० रुपैयाँ रकम लिने गरेका छन् । मोरङबाट जाने स्थानीयले मोरङका स्थानीयले बनाएका पुल प्रयोग गर्ने गरेका छन् भने झापाबाट आउनेले झापाले बनाएको पुलबाट आउने गरेका छन् ।

पक्की पुल खोलाका बीचमा भएकाले प्रयोग गर्न नमिलेपछि स्थानीय बासिन्दाहरूले आफ्नै पहलमा पक्की पुलको आडमा बाँसको भाटाले खोला तर्ने अस्थाइ पुल निर्माण गरेका हुन् । अहिलेसम्म त खोला ठुलो थियो डुङ्गा चल्थ्यो । ‘हामीले डुङ्गा चढेर वारपार गरियो अब पानी घट्दै गयो न डुङ्गा चल्छ न त पानीबाट नै तर्न सकिन्छ । त्यसैले वारिपारि गर्न बाँसको पुल निर्माण गरिएको स्थानीय कैलास श्रेष्ठले बताए ।

सम्बन्धित खवर