वाग्मती प्रदेश प्रमुख कोरोनामुक्त, मुख्यमन्त्री पौडेल पनि घर फिर्ता

वाग्मती प्रदेश प्रमुख कोरोनामुक्त, मुख्यमन्त्री पौडेल पनि घर फिर्ता

वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईँ कोरोनामुक्त हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएर यही कात्तिक १२ गतेदेखि झापास्थित निजी निवासमा आइसोलेशनमा रहनुभएका प्रसाईँको आज भएको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उहाँको सचिवालयले जनाएको छ ।

यसैबीच कोरोनालाई पराजित गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आज घर फर्कनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको थियो । अस्पतालले डिस्चार्ज गरेपछि मुख्यमन्त्री पौडेल काठमाडौँको भैँसेपाटीस्थित मुख्यमन्त्री निवासमा फर्कनुभएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार उहाँको स्वास्थ्यावस्था सामान्य छ । “केहीदिन सेल्फ आइसोलेशनमा बसेर मुख्यमन्त्रीज्यू प्रदेश राजधानी फर्कनुहुन्छ”, दाहालले भन्नुभयो । रासस

सम्बन्धित खवर