शवको पहिचानका लागी सहयोग गरिदिन मोरङ प्रहरीको सर्वसाधरण सग अनुरोध

शवको पहिचानका लागी सहयोग गरिदिन मोरङ प्रहरीको सर्वसाधरण सग अनुरोध

कुमार खड्का
उर्लावारी, मोरङ
गए राति करिब सवा ८ वजेको समयमा मोरङको उर्लावारी-४ आईतवारे चौकमा अर्धनग्न अवस्थामा भेटिएको शवको पहिचान १२ घण्टा विति सक्दा हुन नसकेपछि मोरङ प्रहरीले पहीचानका लागि सहयोग गरिदिन सर्वसाधण सग अनुरोध गरेको छ ।
गए राति करिब साव ८ वजेको समयमा उर्लावारी-४ स्थित आइतवारे चौकको विच सडकमा अर्धनग्न अवस्थामा मृत अवस्थामा फेला परेकी एक महिलाको के कारणले मृत्यु भएको हो भनेर प्रहरीले अहिले सम्म पहिल्याउन नसकेपछि
जिल्ला प्रहरी कार्यालय मोरङका एस्पी सन्तोष खडकाले सर्वसाधरण समक्ष सो अनुरोध गर्नुभएको हो ।
पुर्वपश्चिम राजमार्ग स्थित उर्लावारी मंगलबारे सडक खण्डको आइतवारेमा चौकमा अन्दाजी २५-३० वर्षकी देखिने ति महिलाको शव अर्धनग्न अवस्थामा विच सडमा फेला परेको एक प्रहरीले बताए ।
दुर्घटना स्थल नजिकै सडक किनार देखि तल्लो पट्टि चेक पोईन्टमा ड्युटीमा रहेका एक शस्त्र प्रहरीले समयमा पश्चिम बाट पुर्वतर्फ ८/१० वटा साना सवारीका साधनहरु तातिलागेर कटेको केही मिनेट भित्रै सो सडक खण्डमा महिला रगताम्य अवस्थामा फेला परेको तर दुर्घटनाको कुनै ध्वनी आफुले नसुनेको ति प्रहरीले बताए ।
मृत महिलाको निधार र टाउको पछाडीको भागमा गहिरो चोट देखिएको छ भने देब्रे गालामा चोटको २ वटा कालो धब्बा देखिएको छ ।
ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक उद्धव पोख्रेलका अनुसार रातको समयमा पैदल यात्रा गरिरहेकी महिला दुर्घटनामा परेको हुन सक्ने बताए । उनि भन्छन्-“सडकमा महिलाको शव १० मिटर जाति घिस्रेको अवस्थामा भेटिएको हो । उनको साथ बाट परिचय खुल्ने कुनै कुरा नभेटिएकाले उनि बेबारिसे अवस्था हिडडुल गर्ने व्याक्तिहुन की भन्ने अनुमान गरिएको छ यद्यपी हामी अनुसन्धानकै क्रममा छौ ।”
यता स्थिानियहरु भने अर्धनग्न अवस्थामा विच सडकमा महिलाको शव भेटिएकाले हत्या गरि कसैले फालिएको हुन सक्ने आशका गरिरहेका छन् ।

सम्बन्धित खवर