किरण न्यौपाने, रंगेली
मोरङ सुनवर्षी नगरपालिकाको उपमेयर मन्जु राईलाई कोरोना पोजेटिभ देखिएको छ । केहिदिनदेखि नियमित ज्वरो तथा खोकि लागेपछि उपचारका लागि बिराटनगर स्थित नोबेल अस्पतालमा आएर कोभिड परिक्षण गर्दा पोजेटिभ देखाएको हो। उपमेयर राई आफ्नै अमरदह स्थित घरमा होम आइसोलेशनमा रहनु भएको छ ।