प्रदेश १ मा आजै थप ९ जनाको मृत्यु, ६५४ संक्रमित थपिए

प्रदेश १ मा आजै थप ९ जनाको मृत्यु, ६५४ संक्रमित थपिए

विराटनगर, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ५, मोरंग र ते¥हथुममा २/२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म प्रदेश १ मा कोरोना संक्रमणबाट १२२ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा आज ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङमा २/२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ ।

प्राप्त तथ्याङ्क अनुसार विराटनगरमा २२५ जनामा संक्रमण देखिएको । संक्रमण देखिएकामा १०० महिला र १२५ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २५, पथरी शनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३/१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २/२, केराबारी र उर्लाबारीमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको धरानमा १३२, इटहरीमा ४८, बराहक्षेत्रमा ८, दुहवी र इनरुवामा ४/४, बर्जु, रामधुनी र गढीमा ३/३, हरिनगरमा २, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा ९/९, बुद्धशान्तिमा ४, कनकाईमा ३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

संखुवासभाको खाँदबारीमा ९, उदयपुरको चौदण्डीगढीमा ४, भोजपुरमा २, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १/१, इलामको देउमाई र स्थानीय तह नखुलेका १/१, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा १/१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ ।

प्रदेश १ मा आज ३२६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३०४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कोभिड १९ अस्पताल गोठगाउँबाट ९ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३३९ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २४१ महिला र ४१३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर