पथरी, मोरङको पथरी नगरपालिका क्षेत्रमा पछिल्लो पटक ९ जनामा कोरोना भाइरस देखिएको छ । हिजो संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको स्वाबको आज आएको पीसीआर रिपोर्टमा नगरका कर्मचारी सहित ६ पुरुष र ३ महिला सहित ९ जनामा कोरोना देखिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।
५० जनाको स्वाब परीक्षणका क्रममा नगरको वडा नम्बर १ का १ जना पुरुष कर्मचारीका साथै १ नम्बर वडाका ५, ९ नम्बर वडाका ३ र ७ नम्वर वडाका १ जनामा कोरोना देखिएको छ । त्यसअघिको एक पटकको स्वाबको रिपोर्ट भनें आउन बाँकी नै रहेको स्वास्थ्य शाखाले जनाएको छ ।