काठमाडौँ : नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसकको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ नाघेको हो।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबार देशभरकमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिनुभयो।



 
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



