एउटै कम्युनिष्ट केन्द्र बनाउनुपर्नेमा जोड

एउटै कम्युनिष्ट केन्द्र बनाउनुपर्नेमा जोड

श्रीभद्र पौडेल, हेमजा

नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउनुपर्नेमा जोड दिइएको छ । देशको विकासका लागि छिरलिएका सबै कम्युनिष्ट शक्ति एक हुनुपर्ने भन्दै कम्युनिष्ट पनि आदर्शले भन्दा व्यवहारले बन्नुपर्ने औँल्याइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिका वडा नं. ६ लुम्ले वडा कमिटीको शनिवार सम्पन्न सपथ ग्रहण कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा भनाई राख्दै पार्टीका गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेलले हिजोे कम्युनिष्ट विभाजित हुदाँ काँग्रेसले फाइदा लिएको तर्फ संकेत गर्दै त्यो नेपाली जनताका लागि धातक सावित भएको औँल्याए।पुर्व एमाले र माओवादी मिल्दा मात्रै नेपाली जनताले झण्डै दुई तिहाईको हाराहारीमा मत दिएको तर्फ संकेत गर्दै सदस्य पौडेलले नेपालका सबै कम्युनिष्ट शक्ति एक हुनुको विकल्प नभएको समेत औँल्याए ।

पार्टीका गाउँ कमिटी अध्यक्ष धर्मबहादुर गुरुङले एकतामा नै शक्ति हुने भनाई राखे।दुई ठुला कम्युनिष्ट पार्टी एक हुदाँ कतिपय अवस्थामा काँग्रेस अतालिएको दावी गर्दै गुरुङले इमान्दार भएर जनताको काम गर्न वडा सदस्यहरुलाई निर्देशन पनि दिए । यतिवेला वास्तविक कम्युनिष्ट कार्यकर्तामा काम गर्न छट्पट्टी पनि भईरहेको उनको भनाई छ ।

गाउँ कमिटी सचिव लक्ष्मीप्रसाद अधिकारीले नेपाली जनताको चाहाना विगतदेखि नै एउटै कम्युनिष्ट केन्द्र हुनुपर्ने रहेको भनाई राखे।उनले बिप्लभ, मोहन बैध लयायतका अन्य कम्युनिष्ट शक्तिलाई वार्ताको माध्ययम मार्फत एकाकार गर्नुपर्ने पनि जनाए ।

उक्त कार्यक्रममा जिल्ला सदस्य गौरीप्रसाद सुवेदी, गाउँपालिका सदस्यहरुः भेषराज पौडेल, चुडामणि देवकोटा, भरत देवकोटा, शिक्षक प्रतिनिधी शिवभक्त देवकोटा, पार्टीका वडाध्यक्ष एकदेव देवकोटा, सचिव पिपलप्रसाद देवकोटा, जेष्ठ कम्युनिष्ट सदस्य भक्तिराम देवकोटा, वडा नं. ३ का सचिव पुण्यप्रसाद पौडेल लगायतले पनि धारणा राखेका थिए ।

उनीहरुले संगठन विस्तारमा जोड दिनुपर्ने, पार्टी क्रियाकलापलाई निर्वाचन केन्द्रीत गर्नुपर्ने, पार्टी अनुशासनबाट चल्नुपर्ने, कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने, साम्यवादमा पुग्ने लक्ष्यलाई बिर्सन नहुने लगायतका धारणा राखेका थिए ।

वडा कमिटी अध्यक्ष एकदेव देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य लिला देवकोटाले स्वागत तथा वडा कमिटी सचिव पिपलप्रसाद देवकोटाले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित खवर