भाउन्नेमा बस दुर्घटना, ४ जना घाइते

भाउन्नेमा बस दुर्घटना, ४ जना घाइते

बेलबारी, मोरङको बेलबारीस्थित स्थित भाउन्नेमा शनिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
धरानबाट काकडभिट्टा जाँदै गरेको को १ ख ५०७९ नम्बरको यात्रुबाहक बस बेलबारी १० स्थीत पुर्व पश्चिम राजमार्गमा अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।

घाइतेको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पतालको अनुसार पथरी निवासी घाइते रमेश न्यौपानेको अवस्था जटिल रहेको र अन्यको सामान्य रहेको छ ।

सम्बन्धित खवर